काठमाडौँ,३० कार्तिक ।मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव छ। गण्डकी र कोसी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने देशका बाँकी भूभाग मुख्यतया सफा रहेका छन्।
तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ, जसले कृषि, स्वास्थ्य, पर्यटन, र यातायातमा क्षणिक असर पार्न सक्छ। शनिबार र आइतबार पनि यस्तै मौसमी अवस्था जारी रहनेछ।
प्रतिक्रिया दिनुहोस्


