दुर्घटनापछि फरार भएका प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण

Categories:

-

काठमाडौं,२८ कार्तिक । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ९, इन्द्रायणीमा गम्भीर सवारी दुर्घटना गराएपछि फरार भएका झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन्। बौद्ध प्रहरी कार्यालयमा पुगेपछि उनले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो भुजेलले चलाएको ल्याण्ड क्रुजर (बा १९ च २६९५) ले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुष र महिला घाइते भएका छन्, जसको उपचार ग्राण्डी अस्पतालमा भइरहेको छ।

दुर्घटनापछि घटनास्थलमा तनाव उत्पन्न भएको छ। आक्रोशित स्थानीयले सडक अवरोध गर्दै टायर बाल्ने र ढुंगामुढा गर्ने कार्य गरेका छन्। स्थितिलाई नियन्त्रणमा राख्नका लागि प्रहरीले माइकिङ गर्दै शान्ति कायम गर्न अपिल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य