रवि लामिछानेको दोस्रो दिनको बयान १० घण्टा लम्बियो, बिहीबार फेरि सुरु हुने

Categories:

-

दाङ,२८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बुधबार दोस्रो दिन रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा १० घण्टा लामो बयान लिइयो। बिहान सवा १० बजेबाट सुरु भएको बयान साँझ सवा ७ बजेसम्म जारी रह्यो। सरकारी न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार, बयान अन्तिम चरणमा पुगे पनि पूरा नभएकाले बिहीबार बिहान १० बजेबाट पुनः सुरु हुनेछ।

लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। मंगलबार बयानपछि उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण बुधबार सुरक्षा थप कडा पारिएको थियो।

लामिछानेले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा इन्कारी बयान दिएका छन्। स्रोतका अनुसार, उनले सहकारीको सदस्य नभएको र आफ्नो नाममा ऋण प्रवाह भएको विषयमा कुनै जानकारी नभएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य