अफवाह फैलाएको आरोपमा ऋषि धमलासहित तीन जना प्रहरी नियन्त्रणमा, म्यादथपको तयारी हुदैँ

Categories:

-

काठमाडौँ, २८ कार्तिक ।प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमलासहित तीन जनालाई प्रहरीले गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा नियन्त्रणमा लिएको छ। कञ्चनपुरको महेन्द्रनगरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तको घटनाबारे गलत जानकारी प्रसारण गरिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार सोधपुछका लागि धमलालाई नियन्त्रणमा लिएको हो।

प्राइम टेलिभिजनमा गोरखाका नवराज अर्यालले आफू घटनाको प्रत्यक्षदर्शी भएको दाबी गरेका थिए। सिआइबीले अर्याल र उनकी श्रीमतीलाई पनि नियन्त्रणमा लिएको छ।धमलालाई सोधपुछका लागि सीआईबीमै राखिएको छ भने  अर्यालसहित धमलालाई पनि म्यादथपको तयारी सीआईबीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य