साँखु इन्द्रायणीमा सवारी दुर्घटना : घटनास्थलमा प्रहरीको संख्या ठुलो

Categories:

-

काठमाडौँ,२८ कार्तिक । काठमाडौंको शंखरापुर नगरपालिका–९, इन्द्रायणीमा सवारी दुर्घटना भएको छ। शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकालाई जोड्ने पुलनजिकै भएको दुर्घटनामा टोयोटा ल्याण्ड क्रुजरले मोटरसाइकललाई ठक्कर दिएको छ। दुर्घटनामा घाइते दुई जनालाई अस्पताल पठाइएको छ।

प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्रका प्रमुखसमेत रहेका प्रकाश भुजेलले चलाएको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो। गाडी अनियन्त्रित भएपछि एउटा पसलभित्र छिरेको छ। घटनास्थलमा प्रहरीको ठूलो संख्यामा उपस्थिति छ, र साँखु तथा बौद्ध प्रहरी वृत्तबाट टोली खटाइएको छ।

घटनास्थलमा भइरहेको अनुसन्धानका क्रममा घाइते व्यक्तिहरूको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य