सजाय सदरपछि फरार सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ

Categories:

-

काठमाडौँ,२७ कार्तिक । हत्या प्रयासको मुद्दामा सजाय सदर भएसँगै फरार भएका गण्डकी प्रदेश सांसद दीपक मनाङे (राजीव गुरुङ) काठमाडौंमा पक्राउ परेका छन्। मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको थानकोट क्षेत्रबाट पक्राउ गरेको हो।

सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गर्दै मनाङेलाई दुई वर्षको कैद सजाय सुनाएपछि उनी फरार रहेका थिए। मनाङेमाथि २०७० सालमा काठमाडौंमा एक व्यक्तिमाथि धारिलो हतियार प्रयोग गरेर आक्रमण गरेको आरोपमा मुद्दा दायर भएको थियो। उच्च अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको हो।

विवादास्पद छविका कारण चर्चित रहेका मनाङे निर्वाचित सांसद भए पनि यस घटनापछि उनको राजनीतिक भविष्यमा असर पर्ने देखिएको छ। उनलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइनेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य