spot_img
23.1 C
Kathmandu

राष्ट्रिय परीक्षा बोर्डद्वारा ११ र १२ कक्षाका अनुत्तीर्ण विद्यार्थीलाई एकपटकको मौका परीक्षा दिने घोषणा

spot_imgspot_imgspot_imgspot_img

२०५६ देखि २०७७ सालसम्मका विद्यार्थीलाई मौका परीक्षाको अवसर

-

काठमाडौं,२५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का अनुत्तीर्ण विद्यार्थीहरूका लागि एकपटकको मौका परीक्षा सञ्चालन गर्ने घोषणा गरेको छ। यस अवसरबाट झण्डै १४ लाख पुराना विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ। बोर्डले आइतबार जारी गरेको सूचनाअनुसार सन् २०५६ देखि २०७७ सालसम्मका परीक्षामा अनुत्तीर्ण भएका वा तोकिएको ग्रेड हासिल गर्न नसकेका विद्यार्थीहरूले यस अवसरलाई उपयोग गर्न सक्नेछन्।

बोर्डका अनुसार, मौका परीक्षामा सहभागी हुन विद्यार्थीहरूले आफ्ना पूर्व शैक्षिक संस्थामा गएर फाराम भर्नुपर्नेछ। कक्षा ११ का लागि रजिस्ट्रेसन नम्बर ५६ देखि ७६ र कक्षा १२ का लागि ५६ देखि ७७ सम्मका विद्यार्थीहरूलाई मात्रै यस अवसर दिने निर्णय गरिएको छ। यसरी परीक्षा दिने व्यवस्था गर्दा पुराना शैक्षिक प्रमाणपत्रको मान्यता बढ्ने तथा विद्यार्थीलाई पुन: अवसर मिल्ने बोर्डको विश्वास छ। फाराम भर्ने विद्यार्थीसँगै परीक्षा सञ्चालनको विस्तृत मिति र प्रक्रिया निर्धारण गरिनेछ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले मौका परीक्षा सञ्चालन गर्ने निर्णयले विगतका परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई आफ्नो शैक्षिक भविष्य सुधार्ने मौका दिने विश्वास व्यक्त गरे।

सूचनामा उल्लेख भएअनुसार, परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले मंसिर २७ गतेभित्र आफ्ना शैक्षिक संस्थामा गएर अनिवार्य रूपमा परीक्षा फाराम भर्नुपर्नेछ। यस अवसरमा सहभागी विद्यार्थीको सङ्ख्या धेरै भएमा, बोर्डले चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने योजना बनाएको छ।

बोर्डका अनुसार २०५२ देखि २०५५ सालसम्मका विद्यार्थीहरूले पनि मौका परीक्षा माग गरेमा पुन: निर्णय गरी उनीहरूलाई अवसर प्रदान गर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग