काठमाडौंको कालोपुलबाट दुई बालक बेपत्ता, सहयोगका लागि परिवारले गरे अपिल

Categories:

-

काठमाडौँ , २३ कार्तिक । काठमाडौंको कालोपुलस्थित बुद्ध बिहारको पुरानो विद्युत प्राधिकरण क्षेत्रमा खेलिरहेका दुई बालक मंगलबार साँझ बेपत्ता भएका छन्। बेपत्ता हुने बालकमा ६ वर्षीय आरुष बस्नेत र अर्का एक बालक छन्। आरुषका ठूलीआमा दुर्गा गुरागाईंका अनुसार, आरुष गहुँगोरो वर्णका छन् र उनले रातो टिसर्ट लगाएका छन् भने अर्का बालक गोरो वर्णका छन्।

आरुष र उनका साथी मंगलबार साँझ पाँच बजेदेखि सम्पर्कविहीन भएका हुन्। उनीहरूसँगै मानसिक सन्तुलन कमजोर भएका १९ वर्षीय युवक पनि रहेको र उनी पनि बेपत्ता भएको बताइएको छ। बेपत्ता भएको समयदेखि नै परिवारले विभिन्न ठाउँमा खोजी गरे पनि हालसम्म उनीहरूको कुनै सुराग फेला परेको छैन।

बालबालिकाहरूको खोजीमा सहयोग गर्न दुर्गा गुरागाईंले नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराउन अनुरोध गरेकी छिन्। परिवारका अनुसार, उनीहरूलाई देख्ने वा जानकारी प्राप्त गर्ने जो कोहीले तुरुन्तै प्रहरीलाई खबर गरिदिन अनुरोध गरिएको छ।

सम्पर्क नम्बर:
दुर्गा गुरागाईं – ९८४९०९५०९३

यस घटनाले बालबालिका सुरक्षामा थप सतर्कता अपनाउनु पर्ने आवश्यकता औंल्याएको छ। परिवारले चाँडै नै उनीहरूलाई सुरक्षित अवस्थामा फेला पार्ने आशा राख्दै समाजको सहयोगका लागि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य