20.1 C
Kathmandu
Saturday, November 2, 2024
spot_imgspot_imgspot_imgspot_img

आज काग तिहार मनाइँदै

spot_imgspot_img

सम्बन्धित खबर

काठमाडौँ,१४ कार्तिक  । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार (यमपञ्चक)को आज दोस्रो दिन हो। कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वमा आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरिँदैछ ।

कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ । सधैँ शुभ समाचारको आशा गर्दे कागलाई यस दिन मीठा खानेकुरा दिने प्रचलन छ  । काग अत्यन्त बाठो पंक्षी मानिन्छ ।

आजकै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ  ।

यमपञ्चकमा काग तिहारका साथै यमराजको द्वारपालका रूपमा कुकुर, गाई, लक्ष्मी माता, गोरुको पूजा गरिन्छ । यसवर्षको भाइटीकाको साइत कार्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेट रहेको छ ।

यस्तै आज यमदीप दान पनि गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशीका साँझ गरिने यमदीपदान पनि आज नै गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष