गगन चौथाइ भेटले चर्चा बटुल्दै

-

काठमाडौँ, कार्तिक १२ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापा हालै भारतको नयाँदिल्लीमा सम्पन्न ‘एशिया क्लाइमेट समिट–२०२४’ मा सहभागी भएर स्वदेश फर्केका छन्। जलवायु परिवर्तन, क्षेत्रीय सहकार्य, र नवप्रवर्तनलाई केन्द्रमा राखेर आयोजना गरिएको यस सम्मेलनमा थापा नेपालको प्रतिनिधित्व गर्न दिल्ली पुगेका थिए। उनी कात्तिक ६ गते भिस्तारा एयरलाइन्सको उडान नम्बर १५६ मार्फत दिल्ली गएका थिए र सम्मेलन सम्पन्न भएपछि शनिबार नेपाल फर्केका हुन्।

यस सम्मेलनमा थापाले जलवायु परिवर्तनसँग जुध्न नेपालले गरिरहेको प्रयास, हरित अर्थतन्त्रको प्रवर्द्धन, र कार्बन उत्सर्जन घटाउने सरकारको लक्ष्यबारे धारणा राखे। उनले नेपालमा वन र जल स्रोतको संरक्षणलाई प्राथमिकतामा राखेर चलिरहेको अभियानबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिए। सम्मेलनमा थापाले नेपालजस्ता विकासशील राष्ट्रहरूका लागि प्राविधिक सहयोग र वित्तीय स्रोतको पहुँचलाई सजिलो बनाउन आग्रह गरे।

सम्मेलनको सिलसिलामा थापाले भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेसँग भेट गरेका थिए जसले थप चर्चा पाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र मानिने चौथाइवालेसँगको यो भेटलाई नेपाल–भारत सम्बन्धको सन्दर्भमा सकारात्मक दृष्टिले हेरिएको छ। भारतीय नेतासँगको संवादमा थापाले जलवायु परिवर्तनमा साझा प्रयास, दक्षिण एशियाली क्षेत्रीय सहकार्य, र नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउन पहल गरेको बताइन्छ । चौथाइवाले पछिल्लो समय भाजपाका उदीयमान नेतामा पर्छन् जसले गर्दा यो भेटलाई थप महत्त्वपूर्ण मानिएको छ।

थापाको यो भारत भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष नेपाली काँग्रेसको आन्तरिक राजनीतिसँग सम्बन्धित छ। शेखर कोइराला पक्षधरमा रहेका थापा संस्थापन पक्षभन्दा फरक मत राख्दै आए पनि, देउवा प्यानलमा समाहित भएर आगामी महाधिवेशनमा सभापतिको आकांक्षी बनेका छन्। पार्टीभित्रको यो शक्ति समीकरणले नेपाली काँग्रेसको आगामी नेतृत्वलाई प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

थापा जस्तो सक्रिय र सशक्त नेता द्वारा पार्टीको आन्तरिक नीति र निर्णयमा देखिएको फरक मतले पार्टीभित्र प्रजातान्त्रिक प्रक्रियाको जीवंतता दर्शाउँछ। देउवा प्यानलमा समावेश भएर पनि आफ्नो नेतृत्व क्षमतालाई अझै मजबुत बनाउने प्रयास थापाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य