spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

ओलीको दल विभाजन योजना कांग्रेसले रोकेको

spot_img

-

काठमाडौँ, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश ल्याउने तयारी तत्कालका लागि रोकिएको छ। साना दलहरू विभाजन गराउन चाहने ओलीको प्रस्तावलाई नेपाली कांग्रेसले अस्वीकार गरेपछि यो प्रक्रिया स्थगित भएको हो। ओलीले ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदको समर्थनमा दल विभाजन गर्न सक्ने प्रावधानलाई २० प्रतिशतमा झारेर साना दललाई विभाजन गर्न सजिलो बनाउने तयारी गरेका थिए।

तर, कांग्रेसले पार्टीभित्रको मतभेदलाई देखाउँदै यसमा सहमति दिएन। सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफलको आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीलाई अध्यादेश अघि नबढाउन सन्देश पठाए। कांग्रेसभित्रका नेताहरूले यो कदमले भविष्यमा सत्ता सन्तुलन बिगार्न सक्ने आशंका गरेका छन्। यसैबीच, नेता शेखर कोइरालाले सार्वजनिक रूपमा यस्तो अध्यादेश लोकतन्त्र र सुशासनका लागि घातक हुने चेतावनी दिएका छन्। एमालेले भने यो तयारीलाई आवश्यकता अनुसारको कामको रूपमा व्याख्या गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग