राष्ट्रिय जनमोर्चाको समर्थन: रवि लामिछानेको गिरफ्तारी सही, निष्पक्ष छानबिनको माग

Categories:

-

काठमाडौं, असोज ४ – राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउबारे समर्थन जनाएको छ। आइतबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा लामिछानेमाथि गरिएको गिरफ्तारीलाई सही ठहर गर्दै यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै हो। उनलाई कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर निष्पक्ष रुपमा सत्य र तथ्यको आधारमा छानबिन गरेर कारबाही गरिनु पर्दछ।”

लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारीमा रकम अपचलनको आरोपमा काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको छ। हाल उनलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ। राष्ट्रिय जनमोर्चाले यस मुद्दामा निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य