रवि लामिछानेको आरोप: “ओली सरकार रहँदासम्म जनताले दुख पाइरहन्छ”

Categories:

-

पोखरा, असोज ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै केपी ओली नेतृत्वको सरकार जनताका लागि पीडादायी हुने बताएका छन्। लामिछानेले आफुलाई अदालतप्रति पूर्ण विश्वास रहेको जनाउँदै सरकारविरुद्ध जनतालाई प्रदर्शनमा आउन आव्हान गरेका छन्।

उनले भने, “अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ। तर, केपी ओली सरकार रहिरहेसम्म जनताले झुटा मुद्दामा फस्ने र दुख पाइरहने छन्।”

लामिछानेलाई प्रहरी नियन्त्रणमा अदालतमा पेश गरिएको छ भने रास्वपाका नेता तथा कार्यकर्ताले अदालत परिसरमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य