प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी, व्यापारी मिनबहादुर गुरुङसँग साँठगाँठको आरोप

Categories:

-

काठमाडौं,२ कार्तिक ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विवादास्पद व्यापारी मिनबहादुर गुरुङसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा लिएको आरोपसहित ओलीविरुद्ध युवराज सफलले उजुरी दर्ता गरेका हुन्।

उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ को उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टी कार्यालय बनाउन विवादास्पद व्यापारी गुरुङलाई जग्गा उपलब्ध गराउन जिम्मा दिएको आरोप लगाइएको छ। उजुरीमा उल्लेख छ कि ऐन अनुसार दान, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानिन्छ, र प्रधानमन्त्रीले कानूनको उल्लंघन गरेको दाबी गरिएको छ।

उक्त उजुरीमा ओलीले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङबाट करोडौं रुपैयाँ बराबरको जग्गा ‘घुस’ बापत लिएको र गुरुङको व्यक्तिगत फाइदाका लागि यो निर्णय गरिएको आरोप छ। साथै, गुरुङले उक्त जग्गा उपलब्ध गराएर आफ्ना मुद्दाहरू खारेज गराउने उद्देश्य राखेको उजुरीमा उल्लेख छ।

विवादमा परेको यो विषयमा एमालेले स्पष्टीकरण दिंदै गुरुङसँग कुनै पनि किसिमको साँठगाँठ नभएको र आलोचनालाई खेदजनक भनेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य