काठमाडौँ, १ कार्तिक । बुद्ध एयरको माउन्टेन फ्लाइटको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको छ। उडान नम्बर १००, जहाजको इन्जिनमा समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको हो। बुद्ध एयरले सामाजिक सञ्जालमा जानकारी दिँदै प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको बताएको छ।
विमानका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार जहाजले बिहान ६:३० बजे उडान भरेको थियो र करिब १५ मिनेटपछि सुरक्षित अवतरण गरियो। कर्णले भने अनुसार खराब मौसमको कारण हिमालका चुचुराहरू देखिएको थिएन, र काठमाडौँ फर्किने क्रममा जहाजको दायाँ इन्जिनमा समस्या आएको देखियो। जहाजमा ३५ यात्रु सवार थिए, र उनीहरूलाई अर्को दिन माउन्टेन फ्लाइटको विकल्प दिइनेछ, नजाने यात्रुलाई पैसा फिर्ता गरिनेछ।
प्रतिक्रिया दिनुहोस्


