बूढानीलकण्ठमा पानी व्यापारीहरूको षड्यन्त्र: मेयरलाई असफल बनाउन उपभोक्ता समितिको खेल

Categories:

-

काठमाडौँ, १६ असोज । बूढानीलकण्ठ नगरपालिकामा खानेपानी व्यवस्थापनको विवादले स्थानीयवासीलाई ठूलो आर्थिक बोझ थपेको छ। उपभोक्ता समितिहरूको अनियमितता र व्यापारीहरूको सङ्गठित षड्यन्त्रका कारण नगरवासीले दोहोरो मार झेलिरहेका छन्। स्थानीय, प्रदेश र संघीय सरकारको अरबौं  बजेटबाट संचालित खानेपानीका आयोजनाहरु सफल पार्नुपर्ने अवस्थामा उपभोक्ता समितिहरूको मनपरी र व्यापारीहरूको चलखेलले नगरवासीको विश्वासमाथि आघात पुर्‍याइरहेको छ।

नगर प्रमुख मिठाराम अधिकारीले खानेपानी व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले नयाँ नीति अघि सारेका छन्। तर, यो सुधारवादी कदमले व्यापारी र उपभोक्ता समितिहरूलाई असहज बनाएको छ। वडाध्यक्ष रवि खड्का लगायत केही नेताहरूले नगर प्रमुख अधिकारीमाथि योजना असफल बनाउन खोजेको आरोप लगाएका छन्। तर, जानकारहरूका अनुसार, वडाध्यक्ष खड्काको विरोध व्यापारीहरूको स्वार्थमा आधारित छ।

उपभोक्ता समितिको अनियमितता: बजेट पचाएर दोहोरो शुल्क असुल्ने षड्यन्त्र

खानेपानी योजनाहरू सञ्चालन गर्नका लागि संघीय सरकार, प्रदेश  र स्थानीय सरकारले  लगानी उपलब्ध गराउँछन्। तर, त्यस्ता योजना उपभोक्ता समितिहरू मार्फत सञ्चालन हुन्छन्।  बजेट स्वीकृत र वितरण भए पछी उपभोक्ता समितिहरूले योजनाको अन्तिम चरणमा स्थानीयवासीबाट ठूलो मात्रामा रकम उठाउँछन्। यो रकम प्रायः ‘स्वेच्छिक सहयोग’ वा ‘स्थानीय चन्दा’को नाममा असुल गरिन्छ। तर वास्तविकता भने फरक छ।

नगरवासीले परियोजनाको लागि तिरेको कर र बजेटको उपयोग हुँदाहुँदै उनीहरूले फेरि निजी योगदानका नाममा थप रकम तिर्नुपर्ने हुन्छ। यसले नगरवासीहरूलाई दोहोरो आर्थिक मारमा पारिरहेको छ।

नगरभित्रको यो आर्थिक खेलमा उपभोक्ता समितिका पदाधिकारीहरू र व्यापारीहरू मिलेर काम गर्छन्। उनीहरूको उद्देश्य सरकारी बजेटबाट आयोजना सञ्चालन गर्दै व्यक्तिगत फाइदा लिनु हो। आयोजना सम्पन्न गर्नुपर्ने बेला नगरवासीबाट पुनः रकम असुल गरेर उनीहरूले आर्थिक लाभ लिने गरेका छन्।

नगरभित्र सक्रिय पानी व्यापारीहरूले उपभोक्ता समितिहरूसँग मिलेर खानेपानी योजनाहरूलाई आफ्नो नियन्त्रणमा राख्न काम गरिरहेका छन्। यसले नगरवासीलाई बारम्बार दोहोरो रकम तिर्न बाध्य पार्दै आएको छ।

नगर प्रमुखको सुधारवादी प्रयास: खानेपानी व्यवस्थापनमा पारदर्शिता

नगर प्रमुख मिठाराम अधिकारीले उपभोक्ता समितिहरूको अनियमितता र व्यापारीहरूको प्रभुत्वलाई अन्त्य गर्न ठोस योजना अघि सारेका छन्। अधिकारीको योजनामा खानेपानी व्यवस्थापनको जिम्मा नगरपालिकाले आफैं लिनुपर्नेछ। यसले गर्दा उपभोक्ता समितिहरूको मनपरी बन्द हुने र नगरवासीले गुणस्तरीय तथा पारदर्शी सेवा प्राप्त गर्ने आशा गरिएको छ।

नगर प्रमुख अधिकारीको योजना अनुसार खानेपानी स्रोतको व्यवस्थापन, आपूर्ति, र सेवाको वितरण नगरपालिकाले प्रत्यक्ष रूपमा गर्नेछ। यसले नगरवासीहरूलाई दोहोरो रकम तिर्नुपर्ने बाध्यता समाप्त गर्नेछ । परियोजनाको सम्पूर्ण निगरानी नगरपालिकाले गर्ने भएकाले अनियमितता पनि कम हुनेछ।

अधिकारीले रातो सूर्यसँग भने, “खानेपानी व्यवस्थापन नगरपालिकाको प्रत्यक्ष नियन्त्रणमा आएपछि हामी पारदर्शी र न्यायपूर्ण सेवा दिनेछौं। उपभोक्ता समितिहरूमा हुने मनपरी अब नगरवासीले सहनुपर्दैन।” अधिकारीको योजना सफल भएमा नगरवासीले गुणस्तरीय सेवा पाउने र बजेटको सही सदुपयोग हुनेछ भन्ने विश्वास गरिएको छ।

वडाध्यक्ष रवि खड्काको विरोध: व्यापारीहरूको स्वार्थको रक्षाका लागि

नगर प्रमुख अधिकारीको सुधारवादी योजनाले पानी व्यापारीहरूलाई ठूलो धक्का दिएको छ। व्यापारीहरूले उपभोक्ता समितिहरू मार्फत खानेपानी योजनाहरूलाई नियन्त्रणमा राखेर ठूलो आर्थिक फाइदा उठाउँदै आएका थिए। तर, नगर प्रमुख अधिकारीको योजनाले उनीहरूको आर्थिक स्वार्थलाई प्रत्यक्ष असर पुर्‍याएको छ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ का  वडाध्यक्ष रवि खड्काले नगर प्रमुख अधिकारीमाथि योजना असफल बनाउन खोजेको आरोप लगाएका छन्। खड्काले संघीय बजेटबाहेक नगरपालिकाबाट उपभोक्ता समितिलाई  १ करोड १४ लाख रुपैयाँ निकासा गर्नुपर्ने माग राख्दै नगर प्रमुख अधिकारीलाई विरोध गरेका छन्। उनले आयोजना सम्पन्न नहुने चेतावनी दिएका छन् र नगर प्रमुखको योजनाविरुद्ध आमरण अनशन बस्ने घोषणा गरेका छन्।

तर, जानकारहरूका अनुसार, वडाध्यक्ष खड्काको विरोध व्यापारीहरूको स्वार्थसँग जोडिएको छ। नगर प्रमुख अधिकारीको योजना सफल भएमा व्यापारीहरूले पाउँदै आएको आर्थिक फाइदा समाप्त हुनेछ भन्ने डरले उनीहरू विरोधमा उत्रिएका हुन्।

कृष्णराज तामाङको सुझाव: मुनाफाको अन्त्य र स्थानीय हितको पक्षमा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कृष्णराज तामाङले नगर प्रमुख अधिकारीको योजनालाई समर्थन गर्दै भन्नछन :  “खानेपानीजस्तो आधारभूत सेवामा मुनाफाको खेल हुनु नगरवासीको हितमा छैन। नगरपालिकाले प्रत्यक्ष रूपमा खानेपानी, शिक्षा, स्वास्थ्य, र फोहोरमैला व्यवस्थापन  गरे मात्र  स्थानीयवासीले गुणस्तरीय सेवा पाउनेछन्।”

उनका  अनुसार, यस्तो सेवामा उपभोक्ता समिति वा व्यापारीहरूको चलखेलले नगरको समृद्धिमा बाधा पुर्‍याइरहेको छ। तामाङले नगर प्रमुखको दीर्घकालीन योजना राम्रो  भए पनि खानेपानी बोर्ड गठन गर्दा राजनीतिक भर्तीकेन्द्र जस्तो बनाउन नहुने उनको तर्क छ ।

नगरवासीको प्रतिक्रिया: उपभोक्ता समितिको खेल अन्त्य गर्न दबाब

खानेपानी योजनामा उपभोक्ता समितिहरूको अनियमितता र व्यापारीहरूको चलखेलका कारण नगरवासीहरूमा असन्तुष्टि बढ्दै गएको छ। योजना सफल भए पनि दोहोरो रकम तिर्नुपर्ने बाध्यता नगरवासीका लागि असह्य बन्दै गएको छ।

वडा नम्बर १२ का स्थानीयवासी अमृत बस्नेत भन्छन्, “खानेपानीजस्तो आधारभूत सेवामा दोहोरो रकम तिर्नुपर्ने स्थिति नगरवासीले कहिलेसम्म सहन गर्ने? नगर प्रमुखको योजना सफल भएमा हामीलाई राहत मिल्नेछ।”

नगरवासीहरूले नगर प्रमुख अधिकारीको योजनालाई समर्थन गर्दै व्यापारीहरूको अनियमितता अन्त्य गर्न दबाब दिन थालेका छन्। नगर प्रमुखको योजनाले नगरवासीलाई मात्र होइन, नगरको समग्र विकासलाई दिगो रूपमा अघि बढाउने सम्भावना देखिएको छ।

व्यापारीहरूको षड्यन्त्रको अन्त्य र नगरवासीको आशा

बूढानीलकण्ठ नगरपालिकामा खानेपानी व्यवस्थापनमा व्यापारीहरूको चलखेलले नगरवासीलाई आर्थिक शोषण गरेको छ। नगर प्रमुख मिठाराम अधिकारीले यो षड्यन्त्र अन्त्य गर्दै नगरवासीको हितमा दीर्घकालीन समाधान ल्याउने योजना अघि बढाएका छन्।

नगरवासीहरूले नगर प्रमुख अधिकारीको योजनालाई समर्थन गरेमा उपभोक्ता समितिको मनपरी समाप्त हुनेछ, र पारदर्शी सेवा प्रणाली लागू हुनेछ। नगर प्रमुख अधिकारीको सुधारवादी दृष्टिकोण र दीर्घकालीन सोचले नगरवासीलाई न्यायपूर्ण सेवा र समृद्धि सुनिश्चित गर्ने विश्वास गरिएको छ।

खानेपानीजस्तो महत्वपूर्ण सेवामा व्यापारीहरूको प्रभुत्व समाप्त गरेर नगरवासीको हितमा काम गर्ने नगर प्रमुख अधिकारीको यो प्रयास नगरको विकास र समृद्धिको मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य