दशैं खर्च जुटाउन गरिबको पीडा उजागर गर्ने गीत “खर्च दशैलाई” सार्वजनिक

-

काठमाडौं,७ असोज । लोकप्रिय गायक घमेश दुलालको दशैं विशेष गीत “खर्च दशैलाई” सार्वजनिक भएको छ। गीतले गरिब परिवारले दशैंको खर्च जुटाउन नसक्ने पीडा उजागर गरेको छ, जहाँ छोराछोरीलाई नयाँ लुगा किन्न नसक्दा परिवारले भोग्ने समस्यालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ।

दुलालसँगै शारदा रसाइलीको सुमधुर स्वरले गीतलाई थप प्रभावकारी बनाएको छ। गीतका शब्द तथा निर्देशन साजन पराजुलीले गरेका छन् भने संगीतकार सुफिक्स मदनले एरेञ्ज गरेका छन्।

गीतको भिडियोमा चर्चित मोडल हिराकाजी सेञ्चुरी र सञ्चारकर्मी संगिता अधिकारीले मुख्य अभिनय गरेका छन्। बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको पनि उत्तिकै राम्रो प्रस्तुति रहेको छ।

उक्त गीत दुलालको यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ, जसले नेपाली लोक दोहोरी संगीतमा एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य