प्रधानमन्त्री ओलीको न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन सुरक्षा कारणले रद्द

Categories:

-

काठमाडौं,७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कस्थित नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम सुरक्षा संवेदनशीलताका कारण रद्द भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सोमबार जारी गरेको सूचनामा सुरक्षा निकायको सुझाव र प्रधानमन्त्री ओली तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाको संयुक्त राष्ट्र संघ महासभा र अन्य साइडलाइन मिटिङहरूमा व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको जनाएको छ।

सूचनामा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघ महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ।”

महावाणिज्यदूतावासले कार्यक्रम स्थगन हुँदा पर्न गएको असुविधाप्रति दुःख प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य