spot_img
23.1 C
Kathmandu

रवि लामिछानेलाई प्रहरी निगरानीमा, तत्काल पक्राउ नगर्ने निर्णय

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं,६ असोज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आइतबार राति पक्राउ नगर्ने निर्णय गरेको छ। गोरखा मिडिया नेटवर्कमा अवैध आर्थिक कारोबारमा संलग्न भएको आरोपमा लामिछानेसहित अन्य ५३ जनालाई निगरानीमा राखिएको छ। यसअघि, सोही प्रकरणमा मिडियाका सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको थियो।

छानबिन समितिको प्रतिवेदनका आधारमा संसदले ठगीमा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो जसलाई असोज २ गते सरकारले कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। गृह मन्त्रालयका निर्देशनअनुसार आइतबार नै जोशीलाई पक्राउ गरिएको छ भने लामिछानेमाथि निगरानी बढाइएको छ।

लामिछानेले पक्राउ हुने सूचना पाएपछि आइतबार साँझ आफ्ना नेता तथा कार्यकर्तालाई पार्टी कार्यालय वनस्थलीमा बोलाएका थिए। प्रहरी पनि सोही कार्यालय पुगेर लामिछानेलाई नियन्त्रणमा लिने तयारीमा थियो। तर, कांग्रेस उपसभापति धनराज गुरुङलाई समेत यस मुद्दामा तान्नुपर्ने अवस्था सिर्जना हुने भएपछि गृह मन्त्रालयले पक्राउ नगर्ने निर्णय गरेको हो।

गोरखा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँभन्दा बढी अवैध रकम विभिन्न सहकारीहरूबाट आएको ठहर छानबिन समितिले गरेको छ। यसमा रवि लामिछाने पनि जिम्मेवार रहेको निष्कर्ष निकाल्दै उनलाई पक्राउ गर्न सिफारिस गरिएको थियो। हाल प्रहरीको निगरानीमा रहे पनि लामिछानेको पक्राउ भने नजिकको भविष्यमा हुने सम्भावना कायमै रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग