हात्तीगौडा रक्त सञ्चार कोषद्वारा ४१ औं रक्तदान कार्यक्रम हुने

Categories:

-

काठमाडौं,२६ भदौ । हात्तीगौडा रक्त सञ्चार कोषले महामानव वी.पी. कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा ४१ औं रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम यही २०८१ भाद्र २९ गते, शनिवार बिहान ८:०० बजे काठमाडौंको बु.न.पा. वडा नं. ६, न्यू भिजन क्लब, खड्का भद्रकालीमा हुनेछ।

हात्तीगौडा रक्त सञ्चार कोषका अध्यक्ष राजु भण्डारीका अनुसार, यस वर्षको कार्यक्रमले पहिलेका रक्तदान कार्यक्रमहरूभन्दा व्यापक सहभागिता हुने अपेक्षा गरिएको छ। “रक्तदानले जीवन बचाउँछ, र हामीले यसलाई निरन्तरता दिनु महत्त्वपूर्ण छ। हामीले समाजलाई एकीकृत गर्दै रक्तदानलाई अभियानकै रूपमा अगाडि बढाइरहेका छौं,” अध्यक्ष भण्डारीले भने।

कार्यक्रममा १०० भन्दा बढी युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको छ। आयोजकहरूले सर्वसाधारण, समाजसेवी, युवा समूह, तथा स्थानीय नेताहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।

रक्तदानका साथै कार्यक्रममा उपस्थित रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिनेछ। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघ-संस्थाहरू र स्थानीय क्लबहरूको सहकार्य रहेको छ। यस वर्षको कार्यक्रमले पनि समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य