बुढानिलकण्ठमा वृक्षारोपण कार्यक्रम सम्पन्न, १५० भन्दा बढी विरुवा रोपियो

Categories:

-

काठमाडौं,२३ भदौ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ८, भङालस्थित लोकेश्वर महादेव मन्दिर परिसरमा जनमैत्री युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न यस कार्यक्रममा १५० भन्दा बढी विरुवा रोपिएको क्लबका अध्यक्षले जानकारी दिए।

कार्यक्रमको उद्देश्य स्थानीय वातावरणलाई हराभरा बनाउन र जनमानसमा वातावरणीय सचेतना फैलाउनु रहेको थियो। सहभागीहरूले स्थानीय जातका र वातावरणमा अनुकूल हुने विभिन्न प्रजातिका बिरुवाहरू रोपे। कार्यक्रममा क्लबका सदस्यहरू, स्थानीय समुदायका प्रतिनिधिहरू र अन्य वातावरणप्रेमी युवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले माटो खन्नेदेखि विरुवा रोप्नेसम्मका कार्यहरू उत्साहपूर्वक गरेका थिए।

जनमैत्री युवा क्लबले विशेषगरी वातावरणीय संरक्षणमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै, वृक्षारोपण मात्र नभई त्यसको दीर्घकालीन हेरचाह र संरक्षणका लागि समेत योजना बनाएको उल्लेख गर्‍यो। क्लबका अध्यक्षका अनुसार यो कार्यक्रमलाई स्थायी रूपमा निरन्तरता दिइने छ र रोपिएका विरुवाहरूको नियमित अनुगमन गरिनेछ। साथै, क्लबले वृक्षारोपण पछि पनि सरसफाइ अभियान र वातावरणीय शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको क्लबका अध्यक्ष  निश्चल अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य