डडेलधुरादेखि दार्चुलासम्म भारतको कूटनीतिक कदम तिब्र, प्रमले बालुवाटाबाट गरे ‘इपिजी प्रतिवेदन’ बुझिदिन रुन्चे आग्रह

-

काठमाडौं,२२ भदौ । नेपाल–भारत सम्बन्धमा प्रगाढताको आवश्यकता रहेका बेला भारतले सुदूरपश्चिम नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्ने कदमलाई तीव्र बनाएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै डडेलधुरा र दार्चुलामा दुई प्रमुख परियोजनाको उद्घाटन र अनुगमन गरे, जसलाई कतिपयले भारतको “हेपा प्रवृत्ति” अर्थात् प्रभाव विस्तार गर्ने रणनीति भन्न थालेका छन्।

राजदूत श्रीवास्तवले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको दुर्गा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरे। यो उद्घाटनसँगै भारतले नेपालका दूरदराजका क्षेत्रमा आफ्ना विकास सहयोगका परियोजनाहरूमार्फत आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने रणनीति लिएको देखिन्छ। त्यसपछि राजदूत श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माणाधीन पक्की पुलको अनुगमन गरे। यो पुल निर्माणले नेपाल–भारत सीमावर्ती क्षेत्रमा व्यापार र आवतजावतलाई सहज बनाउने उद्देश्य राखेको भए पनि, कतिपयले यसलाई भारतको रणनीतिक प्रभाव विस्तारको एक उदाहरणको रूपमा हेरेका छन्।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचका समस्याहरूलाई संवादमार्फत समाधान गर्न सकिने धारणा राखेका छन्।  आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दुवै देशबीच संवादको आवश्यकता र द्विपक्षीय समस्याहरूको समाधानका लागि इपिजी प्रतिवेदन बुझ्नुपर्ने रुन्चे आग्रह गरेका छन   । उनले खुला र तर्कपूर्ण छलफल नै दीर्घकालीन समाधानको माध्यम भएको बताए।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य