शिवपुरी नागार्जुन निकुञ्जमा पिउने पानी आपूर्ति रोकिँदा बुढानिलकण्ठका १५ सय घरधुरी प्रभावित

Categories:

-

काठमाडौं,१८  भदौ ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बुढानिलकण्ठ ५ का १५ सय  घरधुरीमा पिउने पानी आपूर्ति बन्द भएको छ ।

निकुञ्ज कार्यालयले निकुञ्ज क्षेत्रभित्र रहेको पानी मुहानको स्रोतलाई प्रयोग गरेर पानी आपूर्ति गर्न अनुमति दिएको भएता पनि, पछिल्लो पटक समितिलाई जानकारीनै नगराई उपभोक्ता समितिको पानी आपूर्ति परियोजना बन्द भएको छ ।राष्ट्रिय निकुञ्जको यो निर्णयसँगै, मुहानमा भएको पानी संकलन गर्ने ट्यांकी पनि भत्काइएको छ। यद्यपि, नेपाली सेनाको स्टाफ कलेजमा जाने पानी आपूर्तिमा भने कुनै परिवर्तन गरिएको छैन।

यस घटनाले स्थानीय बासिन्दामा गम्भीर चिन्ता उत्पन्न गरेको छ। जनताले पिउने पानी आपूर्ति रोकिँदा उनीहरूको दैनिकीमा ठूलो असर परेको छ । अर्को तर्फ, मुस्किलले ५ सय मिटर हाराहारी फरकमा रहेको मुहानबाट नेपाली सेनालाई दिइएको पानी आपूर्तिमा कुनै समस्या नहुने निर्णयले विवाद उत्पन्न गरेको छ।

बुढानिलकण्ठ नगरपालिकामा वातावारण जोगाउन नागरिक अभियान चलाई रहेका स्थानीय वातावरणसंरक्षक  कृष्ण तामाङ्गले यस निर्णयको आलोचना गर्दै, समान नियम लागु हुनुपर्ने माग गरेका छन्।

यो विवादको विषयमा जनतालाई उचित समाधान प्रदान गर्न तथा निकुञ्जको व्यवस्थापनमा हुने समस्याहरूलाई समाधान गर्न स्थानीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य