हेटौंडामा मन्त्री ठकुरीको क्वाटरमा आगलागी

Categories:

-

हेटौंडा,९ भदौ। मकवानपुरमा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको क्वाटरमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मन्त्रीको क्वाटरमा विद्युत सर्ट भएर आगलागी भएको हो।

प्रहरीले दिएको जानकारीअनुसार, आगलागीले इन्भर्टर, पावर बक्स, कारपेट, वाईफाई राउटर लगायतका सामग्रीमा क्षति पुर्याएको छ। यद्यपि, आगलागीलाई पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ र अन्य ठूलो क्षति भने नभएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य