महोत्तरी,९ भदौ । बर्दिबास – महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादवको शव आज बिहान बर्दिबास- जलेश्वर सडक खण्डको कल्भर्टमुनी फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालका अनुसार, यादवको शव र उनी सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल घटनास्थलमै भेटिएको छ।
घटनास्थलमा अहिले ठूलो संख्यामा स्थानीय जनता भेला भएका छन् र सडक खण्ड अबरुद्ध भएको छ। स्थानीयहरूले घटनालाई शंकास्पद मानेका छन्, तर प्रहरीले हालसम्म मृत्युको स्पष्ट कारण पत्ता लगाउन सकेको छैन। घटनाको गहिरो अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
वडाध्यक्ष यादव माओवादी केन्द्रबाट निर्वाचित भएका थिए र उनको मृत्युले स्थानीय तहमा त्रास र अन्योलको अवस्था सिर्जना भएको छ। घटनाको थप विवरण र अनुसन्धानको प्रतिक्षामा रहेको छ।
प्रतिक्रिया दिनुहोस्


