तनहुँ बस दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव लिन राज्यमन्त्री खडेस नेपाल आउने

Categories:

-

काठमाडौँ,८ भदौ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका आफ्ना नागरिकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउने भएकी छन्। शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिक भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

राज्यमन्त्री खडेसले घाइतेहरूको अवस्थाबारे जानकारी लिन र मृतकहरूको शव बुझ्न नेपाल भ्रमण गर्ने भएकी हुन्। दुर्घटनामा परेका मृतकहरूको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण भइरहेको छ र आज दिउँसो १ बजेसम्म सम्बन्धित पक्षलाई शव हस्तान्तरण गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य