काठमाडौँ,८ भदौ । सोलुखुम्बुको थामे क्षेत्रमा हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनाका लागि काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार मेयर बालेन शाहको अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकमा यो निर्णय गरिएको हो।
महानगरले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ जम्मा गरि, हिमताल फुटेर आएको बाढीबाट प्रभावित भएका स्थानीयको राहत र पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो।
यो सहयोगले थामे क्षेत्रका पीडितहरूलाई तत्काल राहत पुर्याउन र दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्


