गोकर्णेश्वर नगरपालिकामा *पी.सी.एल नर्सिङ अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति

Categories:

-

काठमाडौँ,७ भदौ । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दा भई पी.सी.एल नर्सिङ अध्ययन गर्न चाहने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ। यस सम्बन्धमा नगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आवश्यक कागजात सहित आवेदन पेश गर्न आग्रह गरेको छ।

नगरपालिकाले सार्वजनिक गरेको सूचनामा स्थानीय तहमा स्थायी ठेगाना भएका नागरिकहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने उल्लेख छ। आवेदन दिन इच्छुकहरुले गोकर्णेश्वर नगरपालिकाको स्थायी ठेगाना प्रमाणित गर्ने नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, र पी.सी.एल नर्सिङ अध्ययनका लागि सम्बन्धित शैक्षिक संस्थाबाट प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

छात्रवृत्ति कार्यक्रमको उद्देश्य नगरपालिकाका महिलाहरुको शैक्षिक उन्नयनमा योगदान पुर्याउनु र उनीहरुलाई नर्सिङ क्षेत्रमा प्रोत्साहित गर्नु हो। नगर प्रमुख दिपक कुमार रिसालले यस कार्यक्रमले नगरपालिकाभित्रको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

यस कार्यक्रम अन्तर्गत नगरपालिकाले आगामी भदौ १५ गतेसम्म सम्बन्धित कागजात सहित आवेदन पेश गर्नको लागि सूचनासमेत प्रकाशित गरेको छ। नगरपालिकाले यस कदमलाई स्थानीय स्तरमा स्वास्थ्य सेवामा सुधार ल्याउन र समाजमा महिलाहरुलाई सक्षम बनाउन एक महत्वपूर्ण प्रयासको रुपमा हेरिएको छ।

गोकर्णेश्वर नगरपालिकाको यो कार्यक्रमले नगरभित्रका महिलाहरुको शैक्षिक अवसरलाई बढावा दिने अपेक्षा गरिएको छ। साथै, यसले समाजमा महिलाहरुको भूमिका थप सशक्त हुने विश्वास व्यक्त गरिएको छ।

*पी.सी.एल नर्सिङ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य