spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

नेपथ्य ब्याण्डको अमेरिकी कन्सर्टमा टिकट मूल्यको विवाद: बहिष्कारको घोषणा

spot_img

-

काठमाडौँ,३० साउन ।  चर्चित नेपाली ब्याण्ड नेपथ्यको हालै सम्पन्न कोलोराडो र क्यालिफोर्नियामा आयोजना भएको कन्सर्टपछि आयोजकमाथि दर्शकहरूबाट चर्को टिकट मूल्य असुल गरेको आरोप लागेको छ। अगस्ट ३ मा कोलोराडो र गत शनिबार क्यालिफोर्नियामा कन्सर्ट सम्पन्न भए पनि सेप्टेम्बर १ का दिन मेरिल्याण्डमा हुने कार्यक्रमको टिकट मूल्यलाई लिएर विवाद चुलिएको छ।

नेपथ्य ब्याण्डको ‘लाइभ इन डिएमभी’ नामक कन्सर्टको टिकट न्यूनतम ७७ डलर राखिएकोमा दर्शकहरू असन्तुष्ट बनेका छन्। नेपाली युवा समूहको एक धड्काले टिकटको मूल्य अत्यधिक भएको भन्दै कन्सर्ट बहिष्कार गर्ने निर्णय गरेका छन्।

टिकट मूल्य बढ्नुको कारण

एक बहिष्कार अभियानमा सहभागी सदस्यका अनुसार, प्रारम्भिक चरणमा नेपथ्य ब्याण्डसँगको कन्सर्टको लागि २५ हजार डलरमा पारिश्रमिकको सहमति भएको थियो। तर, अर्को समूहले ३५ हजार डलरमा डिल गरेपछि पारिश्रमिकको प्रतिस्पर्धा बढ्दै ७५ हजार डलरसम्म पुग्यो। आयोजकहरूले आफ्नो आर्थिक घाटा टार्न दर्शकहरूमाथि टिकटको मूल्य बढाउने निर्णय गरे।

यसअघि, कन्सर्टको टिकट मूल्य बढीमा २५ डलर हुने कुरा गरिएको थियो, तर अहिले यो ७७ डलरसम्म पुगेको छ। अमेरिकामा सामान्यतया नेपाली कन्सर्टहरूको टिकट मूल्य २५ देखि ३५ डलरको बीचमा हुने गरेको छ, जसले गर्दा हालको मूल्यलाई अत्यधिक महँगो मानिएको छ।

टिकट बिक्रीको दवाव र बहिष्कार

आयोजकहरूले करिब १ लाख ५० हजार डलर बराबरको टिकट बिक्री गर्नुपर्ने र त्यसबाट नेपथ्यलाई ७५ हजार डलर (नेपाली रुपैयाँ १ करोडभन्दा बढी) तिर्नुपर्ने बताइएको छ। टिकट बिक्री नभए आयोजकहरूले ठूलो घाटा व्यहोर्नुपर्ने हुन्छ। टिकट बिक्रीको दवावका कारण आयोजकहरूले ‘टिकट सोल्ड आउट’ भन्ने हल्ला फैलाएको आरोपसमेत लगाइएको छ।

विगतका कन्सर्टका अनुभव र विवाद

मेरिल्याण्ड, भर्जिनिया, र डिसीमा विभिन्न कन्सर्ट आयोजना गर्दा विगतमा थप व्यक्तिहरूलाई नेपालबाट भिसा लगाएर ल्याउने गरिन्थ्यो। यसअघि दुई समूहबीच सामाजिक सञ्जालमा विवाद पनि देखा परेको थियो, जसले गर्दा यो घटनामा पनि सामाजिक मिडियामा ठूलो चर्चा भइरहेको छ।

नेपथ्यको लोकप्रियता र संगीतको प्रेमले गर्दा दर्शकहरू कन्सर्टमा सहभागी हुन चाहन्छन्, तर अत्यधिक टिकट मूल्यले गर्दा उनीहरूको मनोबल घटाएको छ। अब, सेप्टेम्बर १ मा मेरिल्याण्डमा हुने कन्सर्टमा कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले थप चर्चा पाउने देखिन्छ।

यो विवादले नेपथ्य ब्याण्डका फ्यानहरूमा द्विविधा पैदा गरेको छ, जसले गर्दा यो घटनाले आगामी कन्सर्टहरूमा पनि असर पार्न सक्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग