spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

spot_img

-

काठमाडौं,५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ ।

प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ ।

नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग