spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

नारायणी नदीमा एक व्यक्तिको शव फेला

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं,२९ असार । चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला परेको छ ।

दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको छ । तर, ती व्यक्ति यात्रु हुन् वा होईनन् भन्ने खुल्न बाँकी रहेको छ । ती व्यक्तिको साथमा एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको बताइएको छ ।

उनको साथबाट फेला परेको कार्डबाट ऋषिपाल साह भन्ने पहिचान खुलेका छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए ।

दु्र्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए । आज पनि खोजीकार्य जारी राखिएको छ र अहिलेसम्म बस भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग