25.1 C
Kathmandu
Tuesday, July 16, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

पोखरामा तालमा फसेका चार जनाको उद्धार, एक जना मृत फेला

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

पोखरा, २६ असार । कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ बर्षिय राम बहादुर अधिकारी, ३९ बर्षिया सृजना अधिकारी, ६ बर्षिय आयुष अधिकारी र ४ बर्षिया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिदा निजको छोरा २२ बर्षिय भिम बहादुर थापा वेपत्ता भएका थिए । उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा विहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष