spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

ठेक्कापट्टाका प्राध्यापक र विद्यार्थी संगठनले ठप्प पारे पोखरा विश्वविद्यालय

spot_img

-

काठमाडौं, २३ असार । पोखरा  विश्वविद्यालय अहिले ठेक्कापट्टाका प्राध्यापक र विद्यार्थी संगठनहरु  आन्दोलनमा उत्रिएपछि ठूलो अवरोधको सामना गरिरहेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको हो ।

पोखरा  विश्वविद्यालयले हालका ठेक्कापट्टा प्राध्यापकको सेवा अवधि नबढाई नयाँ करार पदमा विज्ञापन गर्ने निर्णयको विरोधमा शुक्रबारदेखि  करारका प्राध्यापकहरू आन्दोलनमा उत्रिएका हुन्। उनिहरुको मागमा केहि पूर्णकालीन प्राध्यापकहरूले समर्थन गरेपछि  आन्दोलन झन् चर्किएको छ  भने  उनीहरुले  आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमुलक धर्ना शुरु गरेका छन ।

त्यसै गरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न मागहरु राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णय गरेको विरुद्ध करार प्राध्यापकहरु आन्दोलनरत छन् । “विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन” धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले प्रश्न गरे, “करारको ठाउँमा अर्काे करार सेवाको विज्ञापन किन चाहियो ?”

हाल विश्वविद्यालयमा ७१ जना पूर्णकालीन करार प्राध्यापकहरु तथा प्राविधिकहरु सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापकहरु पदाधिकारी बन्नका लागि तथा पिएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि हाल विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकहरुको संख्या आधा आधा छ ।

आन्दोलनको पहिलो चरण अन्तर्गत शुक्रबार करार प्राध्यापकहरुले उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालय तालाबन्दीको गरेका थिए ।

विद्यार्थी संगठनहरुको संयुक्त तालाबन्दी

आइतबार नै नेपाल विद्यार्थी संघ र अनेरास्ववियूका विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र स्कूल अफ इन्जिनियरिङको मूल ढोकामा संयुक्त तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरुले शुक्रबार अन्तिम सेमेष्टरको विद्यार्थीहरुको परीक्षा तालिका एवम् नतिजा प्रकाशन भाद्र २० अगावै गर्नका लागि ज्ञापन पत्र बुझाएका थिए ।

आइतबार नेपाल विद्यार्थी संघ स्कूल अफ ईञ्जीनियरिंगका सभापति सन्दिप अधिकारी तथा अनेरास्ववियु स्कूल अफ ईञ्जीनियरिंगका अध्यक्ष सागर केसीले हस्ताक्षर गरेको विज्ञप्तीमा ईञ्जिनियर परिषद्को लाइसेन्सको परीक्षा अगावै विश्वविद्यालयले अन्तिम सेमेष्टरको नतिजा प्रकाशनको ग्यारेन्टी माग गरेका छन् ।

आन्तरिक परीक्षा समेत स्थगित

पोखरा विश्वविद्यालयमा कार्यरत पूर्णकालीन करार प्राध्यापकहरुको पेन डाउनका कारण स्कुल अफ इन्जिनियरिङको आन्तरिक परीक्षा स्थगित भएको छ । हाल जारी आन्तरिक परीक्षामा करार प्राध्यापकहरुले प्रश्नपत्र बनाउन तथा निरीक्षकका रुपमा काम नगर्ने भएपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक लिलामणी भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग