spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

काठमाडौँ डुबानको फोटो देखाउदै ओलीविरुद्ध बालेन खनिए

spot_img

..तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छ ।

-

काठमाडौं, २२ असार । दिनभरी आकाशबाट खनिएको पानीले काठमाडौँका विभिन्न हर डुबान भएको छ । डुबेको शहर वरिपरिको दृश्य देखाउदै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले खोला छेउको बस्ती व्यवस्थापनमा राजनीति गरेको  आरोप लगाएका छन् ।

केही घण्टा काठमाडौंमा पानी पर्दा नै खोला छेउका बस्ती डुबानमा परेको भन्दै उनले भोटको राजनीति नगर्न सुझाव दिएका छन् । उनले गिरीबन्धु टि स्टेटको जग्गामा १५ हजार परिवारलाई व्यवस्थापन गर्न सकिने बताएका छन् ।

बालेनले भनेका छन्ः
माननीय केपी ओलीज्यू,आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ?

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग