23.1 C
Kathmandu
Tuesday, July 16, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

बूढानीलकण्ठको भ्रष्टाचारमा कांग्रेस कता छ ?

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

आशिष गुरागाईं /  बूढानीलकण्ठ नगरपालिकामा यो वर्ष ५२ लाख २ हजार २ सय चौबीस दशमलब ० पॉच रुपैयाँ अनियमितता भएको छ । बुढानीलकण्ठ नगरपालिकामा व्याप्त अनियमितता, अव्यवस्था, र भ्रष्टाचारको स्थिति हालै महालेखा परीक्षकको प्रतिवेदनले छर्लङ्ग पारेको छ।

माथिका दुई हरफ  पङ्क्तिकारले केहि दिन अघि फेसबुक स्टेट्स लेखेपछि  नगरपालिकामा व्याप्त भ्रष्टाचारका विषयमा  कांग्रेसले आँखा चिम्लिएको आरोप लगाउदै कांग्रेसका कार्यकर्ताहरूले कांग्रेस कता छ? अभियान सुरु गरेका छन ।

नगरपालिकाको कुनै पनि विभाग वा विषयमा प्रभावकारी काम भएको छैन भने, नगरपालिकाको मेयर तथा वडाध्यक्षहरूले कुनै ठोस समस्याको सामना गर्नु परेको छैन। विषय गत विरोध सामना गर्न नपरे पछि  जनप्रतिनिधिहरू  कति सम्म सुविधा खोरी भएका छन् भने उनीहरूले १ करोड ६२ लाख ७१ हजार ७ सय ९५ रुपैयाँ बूढानीलकण्ठ नगरपालिकाका पदाधिकारीहरूले सुविधा बापत यो वर्ष लिएका छन , यो रकम कुल आन्तरिक आय अर्थात नगर बासीले तिरेको तिरोको ४ दशमलब ०८ प्रतिशत रकम हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको निष्क्रियताले यो स्थिति अझ गम्भीर बनेको छ ।

नगरपालिकामा कांग्रेसको निष्क्रियता र आन्तरिक कलह:

बुढानीलकण्ठ नगरपालिकामा कांग्रेस सक्रिय नभएको भने होइन। नगरपालिकाका सबै वडामा कांग्रेसका नेता सक्रिय छन्। यद्यपि, उनीहरूको ध्यान स्थानीय मुद्दाहरूमा भन्दा संघीय चुनावमा गगन थापालाई जिताउनमा केन्द्रित देखिन्छ। स्थानीय नेताहरू एकअर्काको खुट्टा तान्ने, उचाल्ने, पछार्ने कार्यमा व्यस्त छन्। यस कारण पार्टी संगठन र नगरपालिकामा प्रमुख प्रतिपक्षको भूमिकामा सिन्को नभाँचेको देखिन्छ।

२०७० सालमा गठन भएको बुढानीलकण्ठ नगरपालिकामा भएका २०७४ र २०७९ दुवै चुनावमा कांग्रेसले पराजय बेहोरेको छ। केन्द्रमा गगन राज चलिरहँदा  एमाले उम्मेदवारले स्थानीय  कांग्रेस उम्मेदवारलाई सहजै पराजित गर्दा पनि यहाँका स्थानीय कांग्रेस नेताहरू आन्तरिक कलहमा मस्त छन्। उनीहरू अहिलेबाटै २०८४ को चुनावको टिकटका लागि प्रतिस्पर्धा सुरु गरिसकेका छन्।

कांग्रेसका नेताहरूको निष्क्रियता:

नगरपालिकामा देखिएको अनियमितता, अव्यवस्था, र भ्रष्टाचारबारे स्थानीय कांग्रेस नेताहरू सामाजिक सञ्जालमा पनि आवाज उठाउन नसक्ने अवस्थामा छन्। उनीहरूको ध्यान जनताका समस्या र भावनामा नभई आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थमा छ। कतिपय नेताहरू २०८४ को चुनावमा मेयरको दावी गरिरहेका छन्, तर उनीहरूको चिन्ता हालका मेयर मिठाराम अधिकारी रिसाउँछन् कि भन्ने पिरमा सीमित छ।

गगन थापा र उनको सचिवालयको भूमिका:

काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापा र उनको सचिवालयले स्थानीय नेताहरूको सक्रियतामा खास चासो देखाएका छैनन्। गगन थापा स्वयं तथा उनको सचिवालय स्थानीय नेताहरूको जी-हजुरीमै मग्न छन्। थापाले स्थानीय नेताहरूलाई काम र सक्रियताका आधारमा गणना नगरी व्यक्तिगत वफादारीका आधारमा समर्थन दिन्छन्। यसै कारण कांग्रेस पार्टीको संगठनात्मक स्थिति कमजोर बनेको छ।

जनतामा असन्तोष:

बुढानीलकण्ठ नगरपालिकाका जनताले कांग्रेसका स्थानीय नेताहरूको निष्क्रियता र आन्तरिक कलहलाई राम्ररी बुझेका छन्। आगामी चुनावमा जनताले यसको हिसाबकिताब गर्ने सम्भावना छ। तर पार्टीको वर्तमान स्थिति र नेतृत्वले यो चुनौतीलाई कसरी सम्बोधन गर्छ भन्ने अझै स्पष्ट छैन।

निष्कर्ष:

महालेखा परीक्षकको प्रतिवेदनले उजागर गरेको बुढानीलकण्ठ नगरपालिकाको अनियमितता र भ्रष्टाचारको स्थिति कांग्रेसको निष्क्रियता र आन्तरिक कलहका कारण झनै गम्भीर बनेको छ। यदि कांग्रेसले आफ्नो संगठनात्मक स्थिति सुधार्न र जनताका समस्यामा ध्यान दिन चाँडै कदम चालेन भने, आगामी चुनावमा गम्भीर परिणाम भोग्नुपर्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष