23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

पूर्वराष्ट्रपति डा. रामवरण यादवले भने : माधव नेपाल नभएको भए संविधान मासिन सक्थ्यो

सम्बन्धित खबर

काठमाडौँ, १ जेठ  । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक सार्वजनिक गरिएको छ।

सार्वजनिक पुस्तकमा नेकपा (एकीकृत समाजवादी) का तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा खेलेको  भूमिकालाई ब्याख्या गरिएको छ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो। राजधानीको पर्यटन बोर्डमा मंगलबार आयोजित पुस्तक विचोन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा.यादवले लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको महत्वपूर्ण भूमिका रहेको बताए ।

पूर्वराष्ट्रपति डा.यादवमा संसद विघटनप्रति संकेत गर्दै माधवकुमार नेपाल नभएको भए संविधान मासिने सक्ने खतरा रहेको स्मरण गराए ।

उनले भने , ‘नेताहरू धेरै छन् । तर, माधवकुमार नेपाल जस्तो सालिन नेता कम छन्। पुष्पाल, मनमोहनपछि माधव नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको राजनेता हो। उहाँको शालिनता र इमान्दारिताको जति प्रशंसा गरेपनि कम हुन्छ। म राष्ट्रपति थिएँ, त्योबेला माधवजी प्रधानमन्त्री हुनुहुन्थ्यो। अनिमिनको बिदाई गर्नेबारे हाम्रोबीच महत्वपूर्ण कुरा हुन्थ्यो। जतिसक्दो चाँडो अनमिनलाई पठाईदिउ भनेर भन्नुहुन्थ्यो। त्यो निक्कै महत्वपूर्ण काम गर्नुभयो। शान्तिप्रक्रिया, लडाकु व्यवस्थापनमा उहाँको भूमिका महत्वपूर्ण छ।’

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका  उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई एवंम् उपमहासचिव जगन्नाथ खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष