spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

सिधा कुराका सामग्री हटाउन लगाइएकोमा समाजवादी प्रेस संगठनको विरोध

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं,१८ बैशाख । समाजवादी प्रेस संगठनले सिधा कुरामा प्रकाशित सामग्री हटाउन लगाइएको भन्दै विरोध जनाएको छ ।

संगठनले एक विज्ञप्ति जारी गर्दै हस्तक्षेपकारी ढंगबाट अदालतले सञ्चार संस्था र आबद्ध पत्रकारहरूका विषयमा दिएको आदेशले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सिधा कुरामा प्रकाशित/प्रशारित सामग्रीको सत्यता र विश्वसनीयताको कानूनी र प्राविधिक परीक्षण हुनुपर्छ । यी कुराहरूमाथि छानबिन हुनुपर्छ तर अदालतको हस्तक्षेपकारी आदेशले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको अभ्यासमाथि प्रश्न उठाएको छ ।’

सञ्चार क्षेत्रलाई नियमन गर्न सरकारले छुट्टै निकाय स्थापना गरेको स्मरण गराउँदै संगठनले अदालतमा उपस्थित हुन आदेश दिनुले संवैधानिक सीमा र दायित्वमा नै अन्यौलता उत्पन्न भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग