23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

ममता गुरुङको ‘प्रशंसा’ सार्वजनिक

सम्बन्धित खबर

काठमाडौँ,  २८ चैत। गायिक ममता गुरुङको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ । राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३ः १.५ बाट लेखिएको हो ।

यो पद होसन्ना मण्डलीको वार्षिक पद पनि हो । गीतमा शब्द र संगीत लिदिया लामाको रहेको छ । लिदिया लेभेन्डर प्राइमरी स्कुलको प्रिन्सिपल समेत हुन् ।

गीतमा कोरस स्वर बिमला, पबित्रा र सारदाको रहेको छ । गीतको भिडिओमा देवीसरा बादी फिचर्ड छिन् । देवीसरा बादी समुदायलाई प्रतिनिधित्व गर्दै विश्वसामु नेपाललाई चिनाइरहेकी छिन् । उनी बादी समुदायको शिक्षाका लागी दुईदशक देखी लागिरहेकी महिला हुन् । उनी हाम्रो घर नेपालकी अध्यक्ष समेत हुन् । उनीसँगै भिडिओमा एचसीएम ब्याण्डलाई देख्न सकिन्छ ।

दिनेश पराजुली र बिशाल थापाले खिचेको भिडिओको निर्देशन गणेश शाहले गरेका हुन् । गीतको भिडिओ एक बिशेष कार्यक्रमका बिच सार्वजनिक गरियो । बुधबार होसन्ना मण्डलीमा आयोजीत कार्यक्रममा अग्रह गायिका शलोमी तिमोथी प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । उनीसँगै गीतकार तथा चलचित्र निर्माता सुवास भुसाल, भिडिओ सम्पादक टेकेन्द्र शाह लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष