एमाले बूढानीलकण्ठले शक्ति प्रदर्शन गर्ने

-

काठमाडौं, १५ चैत । नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीले १६  (भोलि) आफ्नो दोस्रो नगर अधिवेशन मार्फत बूढानीलकण्ठ आफ्नो प्रभाव र एकतालाई बलियो देखाउन नगरपालिकाकै चर्चित स्थान वडा नम्बर १० मा रहेको कपन ह्यान्डबल खेल मैदानमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

नगर पार्टी अध्यक्ष प्रदीप डङ्गोलले पार्टीका सदस्य र समर्थकहरूका लागि निर्बाध र प्रभावकारी कार्यक्रमको आवश्यक तयारी पुरा गरेको बताए । उद्घाटन कार्यक्रम दिउसो २ बजे हुने भएपनि बिहान खेलमैदानमा रक्तदान कार्यक्रम र मोटरसाइकल र्याली एवं विभिन् सास्कृतिक कार्यक्रम  आयोजना गरिएको बताए ।

कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठले नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथि बलाइएको बताए विशेष अथितिहरुमा नेकपा नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख डा राज भट्टराई एवं काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौला लगायतका नेताहरु हुनेछन ।

यसै गरि बन्द सत्र भने १७ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य