कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा

Categories:

-

काठमाडौं, ९ चैत । सुन प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छोडिएको छ। महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हाजिरी जमानी छाडिएको सिआइबीले जनाएको छ।

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग नाम जोडिएको आरोपमा महरालाई प्रहरीले चैत ५ मा पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य