नेकपा (एकीकृत समाजवादी) पर्ख हेराइमै तत्काल सरकारमा नजाने

-

काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) पर्ख हेराइ नीतिमै लाग्ने भएको छ भने पार्टी तत्काल सरकारमा नजाने भएको छ ।

बुधबार दिउँसो पार्टी मुख्यालय, आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

प्रारम्भिक छलफलका क्रममा नेताहरूले सरकारमा सहभागी हुनुपर्ने बताएपनि बैठकले भने तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

यसबारे थप धारणा केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

यता गठबन्धनले भने एकीकृत समाजवादीका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन र शहरी विकास गरी दुई मन्त्रालय छुटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य