काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो ।
वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे माधव नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ ।
मावोवादीबाट ग्रिन सिग्नल आएपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउन ३ बजे नेकपा एकीकृत समजवादिका अध्यक्षको निवास कोटेश्वरमा पार्टीको सचिवालय बैठक बस्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


