नेपालले टस जित्यो, नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने

-

काठमाडौं, १६ फागुन। घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्न चाहन्छ।

उता नेदरल्यान्डस भने नेपाललाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ। सिरिजमा भोलि बिहीबार नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन्।

यही फागनु १८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ भने १९ गते आफ्नो अन्तिम खेलमा नेदरलल्यान्ड्ससँग भिड्नेछ।

सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

शीर्ष २ मा रहने टोलीले फाइनलमा पुग्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य