spot_img
12.1 C
Kathmandu
Saturday, February 8, 2025
spot_imgspot_imgspot_imgspot_img

नयाँ टिमले क्यानडामाथिको जित ऐतिहासिक : कप्तान जोरा 

spot_img

-

काडमाडौं, ८ माघ ।  क्यानडा–११ सँगको तीन खेलको एक दिवसीय क्रिकेटको दोस्रो खेलमा मंगलबार जित निकालेपछि कप्तान सन्दीप जोराले नयाँ टिमका लागि यो नतिजा उत्साहजनक रहेको बताएका छन् ।

क्यानडामाथि दुई विकेटको जितपछिको पत्रकार सम्मेलनमा बोल्दै जोराले टिमका सदस्यहरुले योजनाअनुसार प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए ।

उनले भने, ‘टोलीमा हामी सबै नयाँ छौं । आजको जित हाम्रो लागि ऐतिहासिक हो । एकदम खुसी लागेको छ । क्यानडाले दिएको लक्ष्य पछ्याउनेबारे हामीले प्लान गरेका थियौं, सोहीअनुसार खेल्यौं ।’

क्यानडासँगको यस शृंखलाले क्यानमा आबद्ध सबै खेलाडीका लागि अवसर भएको भन्दै शृंखला जित्ने विश्वास रहेको उनले बताए ।

मुलपानी मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई २ विकेटले पराजित गरेको थियो ।

नेपालको जितसँगै सिरिजमा १–१ को बराबरी भएको छ । यसअघि पहिलो खेलमा क्यानडा विजयी भएको थियो । अब बिहीबार तेस्रो तथा निर्णायक खेल हुनेछ ।

नेपालको जितमा बसिर अहमद र कप्तानको भूमिका रहेका सन्दीप जोराले अर्धशतक हिर्काएका थिए ।

सन्दीपले ६६ रन जोडे भने बसिरले नटआउट ५२ रन जोडे ।  रशिद खानले जोडेको ४७ रन पनि नेपालको जितको आधार बन्यो ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग