29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

आफ्नै क्षेत्रमा गगन थापाको खस्कदो साख

सम्बन्धित खबर

काठमाडौं, १ फागुन  । ‘प्रधानमन्त्री बन्छु’ भन्ने ढोल पिट्दै गठबन्धनसहितको भोटबाट तेस्रोपटक चुनाव जितेका नेपाली कांगेसका महामन्त्री गगन थापाको साखकहाँ पुगेको छ भनेर हेर्न २०८४ साल सम्म कुर्नु नपर्ने भएको छ ।

उनलाई दमदार चुनौती उनकै निर्वाचन क्षेत्र काठमाडौँ ४ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिकाका नेपाली कांग्रेस नगर समितिका सचिव बिजेन्द्र श्रेष्ठले दिएका हुन् ।

फागुन ५ शनिवार नेपाली कांग्रेस क्षेत्र नं ४ प्रदेश ख स्तरीय प्रशिक्षण भेला राखेको छ । उक्त भेलालाई महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्रि पाण्डे, विसुकुमार केसी, दामोदर भट्टराई लगायतले प्रशिक्षण तथा सम्बोधन गर्ने तयारी रहेकोमा त्यसलाई भाड्न त्यही दिन नगर समिति सचिवले एक अर्को कार्यक्रम घोषणा गरेका छन् । बिजेन्द्र श्रेष्ठले अर्को कार्यक्रम आयोजना गरेको प्रचारप्रसार थालेपछि गगन थापाको खस्कदो साख छर्लङ्ग हुन थालेको हो ।

नगर सचिव बिजेन्द्रले दारुपानीका साथ बागद्वार हाइकिङ कार्यक्रम आयोजना गरेको भनेर एउटा भिडियो बनाएर प्रचार गरिरहेका छन् । , उनले आफू मातहतका कार्यकर्तालाई गगन थापाको कार्यक्रममा नजान समेत उर्दी दिएको बुझिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाका पूर्व इन्जिनियर रहेका बिजेन्द्र श्रेष्ठ नगरपालिकाका सेवाग्राहीसँग ५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । विशेष अदालतमा मुद्दा चलिरहँदा नै व्यापक विरोध र आलोचनाका बीच बिजेन्द्र बूढानीलकण्ठको नगर समिति सचिव बनेका थिए । महामन्त्री थापाले नै उनलाइ सचिव बनाउन चाहेकोसमेत हल्ला भएको थियो ।

भ्रस्टाचार आरोपी बिजेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा । फोटो बिजेन्द्र श्रेष्ठको फेसबुकपेजबाट साभारः
प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष