काठमाडौं, २५ माघ । मंसिर २३, २०८० रौतहट जिल्लामा बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका एक किसानको हलगोरु सहित मृत्यु । माधवनारायण नगरपालिकाको वडा नम्बर ७ मा स्थानीय बैजुलाल पण्डितले खेत जोतिरहेको अवस्थामा ११ केभीको तार चुँडिएर खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
देशका विभिन्न स्थानबाट यस्ता दुखद घटनाहरू आइरहँदा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको पीक पोइन्ट एकेडेमी स्कुलको भवन ११ हजार भोल्टेजको विद्युतीय तारको मुनि सञ्चालन हुदै आएको छ ।
विद्यालयले यसरी साना केटाकेटीहरूलाई मृत्युको मुखमा पुर्याउन पासो थाप्दा समेत स्थानीय सरकार मूकदर्शक भएको आरोप लगाउदै नाम नलेखिदिने सर्तमा एक स्थानीयवासीले हामीलाई भने “यदि भोलि केहि भयो भने, यसको परिणाम विनाशकारी हुनेछ।”
उनले थपे आमसर्वसाधरण जनताले नक्सा भन्दा फरक आफ्नै घरको झ्याल फर्काउदा नक्सा पास नगर्ने नगरपालिकाका कर्मचारीले विद्यालय जस्तो संवेदनशील क्षेत्र निर्माण गर्न कति रकम भ्रष्टाचार गरेपछि नक्सा पास गरेहोलान ?! बूढानीलकण्ठ नगरपालिकामा शिक्षा शाखा पनि छ, त्यस शाखाले बूढानीलकण्ठ नगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयको भौतिक र शैक्षिक अवस्थाको निरिक्षण गर्छ । तर, यस विद्यालयमा थापिएको धराप किन देखेन ? यसको खबर लेखिदिनु पर्यो ।


