संसद् सदहरुलाई गृहकार्य दिने मुडमा प्रधानमन्त्री दाहाल

-

काठमाडौं, २२ माघ । संसद्को हिउँदे अधिवेशनमा  संसद् सदहरुलाई गृहकार्य दिने मुडमा प्रधानमन्त्री दाहाल पुगेगा छन। उनले हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्नेमा केन्द्रित हुने बताए ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । अघिल्लो अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त बिजनेस नदिएको आरोप लागेको थियो । यसपटक भने संसद्ले पर्याप्त बिजनेस पाउने जिकिर उनले गरे ।
प्रधानमन्त्री दाहालले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ, अब अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य