23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सिम्पल प्रतिभा चयन

सम्बन्धित खबर

काठमाडौँ, २२ ।  सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य ,सङ्गीत,कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई गर्ने सिम्पल सम्मानकाे छब्बीसौै सम्मानका लागि प्रतिभा चयन गरेको छ । सस्थाको बैठकले साहित्यकार मधुसूदनप्रसाद घिमिरे,कलाकार सरिता लामिछाने ,निर्माता तथा वितरक सरोज शर्मा,गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई सिम्पल सम्मान २०८० प्रदान गर्ने निणर्य गरेको छ ।

साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर संयोजक, कलाकार करुणा पोखरेल र कलाकार जमुना पोखरेल कोइराला सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको बताइएको छ । सम्मान आगामी फागुन १२ गते शनिबार एक कार्यक्रम बीच समर्पण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष