काठमाडौं, १७ माघ । कुनै समय नगरपालिकाको मियरनै बन्न सक्कने आकलन गरिएका एवंम् स्थानीय पत्रकारहरुको मसिया मान्दै दुइ पटक नगर प्रबक्ता बनेका नवराज भट्टराई नगर सत्ताको चास्नीमा डुब्दा तिनै स्थानीय पत्रकारहरुले उजागर गरेका कयौ तथ्यप्रमाणको पहाडले थिचिने क्रमजारि छ भने उनि एकपछि अर्को काण्डमा फस्दै गएका छन ।उनलाई पछिलो पटक नगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप लागेको छ ।
स्थानीय एच टिभी खबरका निर्देशक तथा नगरपालिकाको सञ्चार नीति बनाउनको लागि गठित समितिका सदस्य समेत रहेका सविन पन्तले सार्वजनिक सुनुवाइका क्रममा नगरपालिकाको सञ्चार नीति बनाउन ५ लाख रुपैयाँ छुट्याइएको मा एउटा बैठकमात्र बसेर त्यो रकम सकेको आरोप लगाएका हुन् ।
नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाको चुनावी घोषणापत्रमा स्थानीय सञ्चार माध्यमलाई विशेष सुविधा दिने र नगरपालिकाभित्र समर्पित सूचना डेस्क स्थापना गर्ने प्रतिबद्धतालाई लिएर विवाद केन्द्रित छ । यी प्रतिबद्धताहरूलाई साकार पार्न बृहत् नगरपालिका सञ्चार नीति निर्माण गर्न नगरपालिकाका प्रवक्ता समेत रहेका नवराज भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो । तर, समितिले सञ्चार नीति बनाउने भन्दापनि सम्पादक समेत नरहेको एवम् कतै दर्ता समेत नगरी आफ्नै भजन कृतन गाउन बूढानिलकण्ठन्युज सञ्चालन गरेपछि स्थानीय पत्रकारहरू प्रेस काउन्सिल नेपाल गुहार्ने तयारीमा पुगेका छन ।
समिति गठनका लागि प्रारम्भिक प्रयास आशाजनक सुरुवात भए पनि एउटै बैठकपछि प्रक्रिया एक्कासि रोकिएको सविनको आरोप छ । सार्वजनिक सुनुवाइका क्रममा उनले भने, ‘मलाइ जहासम्म थाहा छ समितिको एउटा मात्र बैठक बस्यो तर ,५ लाखको बजेट सकियो भन्ने सुनेको छु ।‘ यो खुलासाले सञ्चार नीतिका लागि हुने रकमको विनियोजन र उपयोगमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
प्रवक्ता नवराज भट्टराईले सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नको जवाफ भने दिएनन् । प्रतिक्रियाको अभावले थप अनुमानहरू बढिरहेको छ भने नगरपालिकाको सञ्चार नीतिको लागि छुट्याइएको बजेटको कथित कुव्यवस्थापनको बारेमा विस्तृत अनुसन्धानको माग स्थानीय राजनीतिक दलहरूले गरेका छन ।
प्रारम्भिक बैठकपछि नगरपालिकाको सञ्चार नीतिमाथि विस्तृत छलफल हुन नसक्दा विनियोजन गरिएको रकमको प्रगति र सदुपयोगबारे सरोकारवाला र जनता अन्धकारमा परेका छन् ।
घटनाको पारदर्शी र निष्पक्ष छानबिनको खाँचो रहेको भन्दै आरोपबारे टिप्पणीका लागि नवराज भट्टराईसम्म पुग्ने प्रयास मौन रहँदै आएको छ । आरोपहरू घुम्दै जाँदा, सविन पन्तले उठाएका चिन्ताहरूलाई सम्बोधन गर्न र पारदर्शिता र जिम्मेवार शासनको सिद्धान्तलाई समर्थन गर्न नगरपालिका र यसका प्रवक्ता दुवैबाट जवाफदेहिताको माग बढ्दो छ।


