spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

मिसेस वल्र्ड’मा नेपाललाई ‘ह्युमनिटेरियन अवार्ड’

spot_img

-

काठमाडौं, १७ माघ । अमेरिकाको लसभेगासमा भएको विवाहित महिलाहरुबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड–२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् । शीर्ष उपाधिबाहेक सात विधागत उपाधि रहेको प्रतियोगितामा सेमीफाइनलसम्मको यात्रा तय गरेकी पृथ्वीयाले यो अवार्ड जितेकी हुन् ।

अवार्ड जितेपछि पृथ्वीयाले आफूले अझ बढी तयारी गरेर प्रतिष्पर्धामा सहभागिता जनाउन सकेको भए शीर्ष उपाधि जित्न सक्ने दाबी गरिन् । उनी उपाधि सहित यसै साता नेपाल फर्कंदै छिन् ।

‘मिसेस नेपाल वल्र्ड’को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वल्र्ड’मा नेपालले सहभागिता जनाएको दोस्रो वर्षमै विधागत अवार्ड जित्नु ठूलो सफलता भएको बताए ।

प्रतियोगितामा जर्मनीकी जुलिया क्यारोलिनले ‘मिसेस वल्र्ड २०२३’ को उपाधि जितिन् । मेडिकल डक्टरसमेत रहेकी जुलिया बालबालिका र जेष्ठ नागरिकको उपचार सक्रिय छिन् । विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग